प्रतिनिधिसभाका नवनिर्वाचित सांसदले लिए शपथ

नवनिर्वाचित प्रतिनिधिसभा सदस्यहरुले पद तथा गोपनीयता शपथ लिएका छन्।

नयाँबानेश्वरस्थित संघीय संसद भवनमा ज्येष्ठ सदस्य पशुपतिशमशेर जबराले नवनिर्वाचित प्रतिनिधिसभा सदस्यलाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएका हुन्।

प्रतिनिधिसभामा २७५ सदस्य रहेका छन्। उनीहरुले नेपालीसहित मातृभाषामा पनि शपथ लिएका छन्। बुधबार राष्ट्रपति विद्यादेवी भण्डारीले राणालाई पद तथा गाेपनीयताकाे शपथ गराएकी थिइन्।

संघीय संसद सचिवालयका महासचिव भरतराज गौतमले संसद बैठक सञ्चालन र संसदीय दलको कार्यालयबारे जानकारी गराएका थिए। 

प्रकाशित मिति: : 2022-12-22 13:29:00

प्रतिकृया दिनुहोस्