कांग्रेस संसदीय दलको नेताको चुनाव आज

फाइल तस्बिर
फाइल तस्बिर

नेपाली कांग्रेस संसदीय दलको नेताका लागि आज बुधबार चुनाव हुँदैछ।

प्रधानमन्त्रीसमेत रहेका कांग्रेस सभापति शेरबहादुर देउवा र महामन्त्री गगन थापा चुनावी मैदानमा छन्। 

संसदीय दलको नेताका लागि आज बिहान ८ बजेदेखि १० बजेसम्म मतदान हुनेछ। 

संसदीय दलको नेता चयनका लागि कांग्रेसबाट निर्वाचित प्रतिनिधिसभाका सदस्य मतदाता हुन्छन्। ८९ जना मतदाता रहेका छन्। संसदीय दलको नेता निर्वाचित हुन ५० प्रतिशत मत कटाउनुपर्ने हुन्छ। यसअनुसार संसदीय दलको नेता बन्न ४५ सांसदको समर्थन जुटाउनुपर्ने देखिन्छ। 

प्रकाशित मिति: : 2022-12-21 05:16:00

प्रतिकृया दिनुहोस्