‘शेखर–गगन’ समूहमा विश्वप्रकाशकाे ‘इन्ट्री’ (भिडियो)

नेपाली कांग्रेसका महामन्त्री विश्वप्रकाश शर्मा पनि गगन थापा र शेखर कोइराला समूहको बैठकमा सहभागी भएका छन्।

सिंहदरबारस्थित होटेल बसेरामा जारी शेखर-गगन समूहको बैठकमा महामन्त्री शर्मा सहभागी भएका हुन्। संसदीय दलको नेता चयनका लागि मतदान हुनुअघि जारी बैठकमा शर्मा पनि सहभागी भएका हुन्।

१४ औँ महाअधिवेशनमा प्रकाशमान सिंह समूहबाट महामन्त्रीमा उम्मेदवारी दिएर निर्वाचित भएका शर्मा शेखर-गगन समूहको बैठकमा सहभागी भएका हुन्। शर्मा बैठक सहभागी भएपछि सहभागी सांसदहरुले स्वागत गरेका थिए। 

कोइरालाले कांग्रेस संसदीय दलको नेतामा महामन्त्री थापालाई समर्थन गरेका छन्। कोइराला प्रस्तावक र शर्माको समर्थनमा थापाले संसदीय दलको नेतामा उम्मेदवारी दर्ता पनि गराइसकेका छन्।

संसदीय दलको नेतामा थापालाई शेखर–गगन समूहसहित सिंह समूहको पनि समर्थन रहेको छ। थापालाई संसदीय दलको नेतामा निर्वाचित गराउने गरी उक्त समूह लागेको छ।

महामन्त्री शर्माले संसदीय दलको नेतामा थापालाई जिताउन आग्रह पनि गरेका छन्।

प्रकाशित मिति: : 2022-12-20 13:35:00

प्रतिकृया दिनुहोस्