जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. राउत

File Photo
File Photo

जनमत पार्टीको संसदीय दलको नेतामा अध्यक्ष डा. सिके राउत चयन हुनुभएको छ।

पार्टी कार्यालय बुद्धनगरमा बसेको पार्टीका सांसदहरुको बैठकले राउतलाई सर्वसम्मत रुपमा दलको नेता चयन गरेको पार्टीका उपत्यका इन्चार्ज हरेन्द्र चौधरीले जानकारी दिए।

डा. राउत सप्तरी क्षेत्र नं २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित हुनुभएको थियो। प्रतिनिधिसभा सदस्यमा प्रत्यक्षतर्फ एक सिट जितेको जनमत पार्टी समानुपातिकतर्फ पाँच सिट प्राप्त गरेको छ।

प्रकाशित मिति: : 2022-12-19 14:19:00

प्रतिकृया दिनुहोस्