भरतपुर महानगरपालिका वडा नम्वर १ आँपटारीस्थित जलदेवी सामुदायिक वनबाट सालको काठ बरामद भएको छ।
डिभिजन वन कार्यालय चितवनले आज सामुदायीक वनले लुकाएर राखेको ४८ क्यूफिट सालको चिरान काठ बरामद गरेको हो।
जलदेवी सामुदायीक वनले पर्यापर्यटन कार्यक्रम अन्तरगत जिप लाइन सञ्चालन गरेको छ। त्यसको टिकट काउण्टरमा सालको काठ राखिएको सूचनाका आधारमा चेक गर्दा हामीले ४८ क्यूफिट चिरान काठ बरामद भएको डिभिजन वन कार्यालय चितवनका सूचना अधिकारी बालकृष्ण खनालले बताए।
अनुसन्धनकै क्रममा रहेकाले अहिले नै काठ अवैध हो भन्न नसकिने उनको भनाइ छ। जलदेवी सामुदायीक वनले भने पर्यापर्यटनको विकासका लागि समितिबाट निर्णय गरेर सालको काठ राखिएको दाबी गरेको छ।