एमालेको सचिवालय बैठक आज, समानुपातिकको टुंगो लगाउने

File Photo
File Photo

नेकपा एमालेको सचिवालय बैठक आज बस्दैछ।

प्रतिनिधिसभा र प्रदेशसभा सदस्य निर्वाचनमा  समानुपातिकतर्फ निर्वाचित सांसदको नाम टुंगो लगाउन सचिवालय बैठक बस्न लागेको हो।

एमाले केन्द्रीय कार्यालय सचिव भीष्म अधिकारीले समानुपातिकतर्फका सांसदको नामबारे छलफल गरेर सुझाव दिन र आमनिर्वाचनको प्रारम्भिक समीक्षाका लागि बैठक डाकिएको बताए।

निर्वाचन आयोगले राजनीतिक दलले समानुपातिकतर्फ प्राप्त गरेको सिट संख्या टुंग्याएर निर्वाचित हुने सांसदको नामबारे सुझाब मागिसकेको छ। प्रतिनिधिसभामा समानुपातिकतर्फ एमालेले ३४ सिट पाएको छ।

प्रकाशित मिति: : 2022-12-09 09:14:00

प्रतिकृया दिनुहोस्