काठमाडौंमा रास्वपाको निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न

राष्ट्रिय स्वतन्त्र पार्टी बागमती प्रदेशले काठमाडौंमा निर्वाचन समीक्षा कार्यक्रम सम्पन्न गरेकाे छ। 

रास्वपाले बागमती प्रदेश भित्रका जिल्ला सभापतिहरूको  सहभागीतामा बिहीबार दिउँसो समीक्षा कार्यक्रम सम्पन्न गरेकाे हाे।

राष्ट्रिय स्वतन्त्र पार्टी  बागमती प्रदेशका प्रवक्ता उत्सव अर्याल उपस्थिति रहेको कार्यक्रममा निर्वाचनको समीक्षा गरिनुका साथै अन्य नेता र उम्मेदवारसँग छलफल तथा अन्तरक्रिया गरिएकाे थियाे।

कार्यक्रममा बागमती प्रदेश समितिका सभापति दिपक विश्वकर्मा, प्रचारप्रसार विभाग प्रमुख रविन पाण्डे तथा अन्य  सदस्यहरूको उपस्तिथि रहेको थियो।

कार्यक्रममा उपस्थित जिल्ला सभापतिहरूले गाउँ एरियामा आफ्नो पार्टीको संगठन कमजोर र नयाँ पार्टी भएकोले जनताबीचमा पुग्न नसकेको बताएका छन्।

प्रकाशित मिति: : 2022-12-09 06:42:00

प्रतिकृया दिनुहोस्