क्लिन चिट पाएपछि चोलेन्द्रले भने- आजैदेखि अदालत जान्छु 

File Photo
File Photo

महाअभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाए पाएपछि प्रधानन्यायाधीश चोलेन्द्रशमशेर जबरा सर्वोच्च अदालतमा फर्किने भएका छन्।

संसद् सचिवालयका महासचिव डा. भरत गौतमबाट महाभियोग प्रस्ताव निष्क्रिय भएको पत्र पाएको चोलेन्द्र आजै सर्वोच्च फर्किन लागेका हुन्।

प्रधानन्यायाधीश जबराले आफूमाथिको महाभियोगको प्रस्ताव निष्प्रभावी भएसँगै नियमित काममा फर्कने बताएका छन्। महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र प्राप्त भएसँगै उनले आजैदेखि नियमित कार्यका लागि सर्वोच्च अदालत जाने बताएका हुन्।

'यो विधि र प्रक्रियाअनुसार भएको विषय हो, म आजै अदालत जान्छु', उनले भने। प्रधानन्यायाधीश जबरामाथिको महाभियोगको प्रक्रिया निष्कर्षमा नपुगेको अवस्थामा नयाँ प्रतिनिधिसभाको निर्वाचनसँगै निष्प्रभावी भएको हो।

सङ्घीय संसद् सचिवालयले महाभियोगको प्रस्ताव निष्प्रभावी भएको पत्र आजै सर्वोच्च अदालतमा पठाएको छ। सर्वोच्च अदालतले पनि उक्त पत्र कार्यान्वयन गर्ने जनाएको छ।

प्रकाशित मिति: : 2022-12-07 13:20:00

प्रतिकृया दिनुहोस्