म्यान्मारमा दिइएको मृत्युदण्डको विरोधमा नेपालमा प्रदर्शन

नेपाल विद्यार्थी संघ

झन् क्रूर बन्दै म्यान्मारकाे सेना


म्यान्मारको सैन्य ‘जुन्ता’ले प्रजातन्त्रवादी विद्यार्थीलाई मृत्युदण्डको सजाय सुनाएपछि नेपालमा विरोध जनाइएको छ।

मृत्युदण्डजस्तो कायर एवं निन्दनीय कार्यको भत्र्सना गर्दै ललितपुरको भैसेपाटीस्थित म्यान्मारको दूतावासअघि नेपाल विद्यार्थी संघका दर्जनौँ नेता—कार्यकर्ताहरूले विरोध प्रदर्शन गरेका छन्।

डागन विश्वविद्यालयका सात—जना विद्यार्थीलाई मृत्युदण्ड दिने निर्णयको विरोधमा नेपाल विद्यार्थी संघले नेपालका लागि बर्मेली दूतावास घेरेको नेविसंघकी नेत्री उपासना अधिकारीले बताइन्।

म्यान्मारको सैन्य सरकारले ‘जुन्ता’विरोधी विद्यार्थी खान्ट जिन विन, थुरा माउङ माउङ, जाव लिन नाइङ, थिहा हटेट जाव, हेन हेट, थेट पिङ ऊ र खान्ट लिन माउङ माउङलाई मृत्युदण्डको सजाय सुनाएको छ।

नेपाली विद्यार्थीहरूले म्यान्मारमा सैनिक सरकार अन्त्य गरी लोकतन्त्र पुनःस्थापना गर्न माग गरेका छन्। हातमा कालोपट्टी बाँधेर र कालो ब्यानर बोकेर आन्दोलनमा उत्रिएका उनीहरूमध्ये कतपियलाई नेपाल प्रहरीले नियन्त्रणमा समेत लिएको थियो।

म्यान्मारमा सेनाको घिनलाग्दो रबैयाप्रति नेपाल विद्यार्थी संघले थप चिन्ता’ व्यक्त गरेकाे छ।

प्रकाशित मिति: : 2022-12-06 19:31:00

प्रतिकृया दिनुहोस्