सरकारले महाकाली नदीको धार नेपालतर्फ धकेलेर एकतर्फी पक्की तटबन्ध निर्माण गरेकाे विषयमा भारतलाई कूटनीतिक नोट पठाएको छ।
परराष्ट्र मन्त्रालयले काठमाडौंस्थित भारतीय राजदूतावासमार्फत मंगलबार तटबन्ध निर्माणका सम्बन्धमा कूटनीतिक नोट पठाएको हो।
परराष्ट्रकाका अनुसार कुटनीतिक नोटमा नेपालले भारतलाई सीमानदी महाकालीमा एकतर्फी रुपमा भइरहेको तटबन्ध निर्माण कार्य रोक्न भनिएकाे छ।
सीमाक्षेत्रमा निर्माण कार्य गर्दा नेपालसँग पहिले सल्लाह गरेर सहमति लिन र सीमाक्षेत्रमा शान्ति व्यवस्था खलबलिने गरी यस्ता घटना दोहोरिन नदिन सचेत रहनुपर्ने नोटमा उल्लेख छ।