बिएल संवाददाता
ठमेलमा ड्युटीमा रहेका प्रहरीमाथि सांघातिक आक्रमण गर्ने एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियूका विद्यार्थी नेताहरू पक्राउ परेका छन्।
पक्राउ पर्नेमा अनेरास्ववियुका नेता तथा अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका उपाध्यक्ष तथा स्ववियु सदस्य दिनेश सिग्देल र रमेश फुलारा छन्।
गत माघ २४ गते मध्यरातमा प्रहरी वृत्त, दरबारमार्गमा केशरमहल बिटबाट खटिएका प्रहरी हवल्दार जगुलाल घर्ती र जवान नगेन्द्रराज विष्टमाथि अनेरास्ववियूका स्थायी कमिटी सदस्य एवं अमृत साइन्स क्याम्पस (अस्कल) इकाइका पूर्व अध्यक्ष कमल जोशी, सिग्देल र फुलाराको ग्याङले आक्रमण गरेको थियो।
मदिराले लठ्ठ भएर हो-हल्ला गर्दै हिँडेका उनीहरूलाई प्रहरीले सम्झाउन खोज्दा आक्रमण गरेको जिल्ला प्रहरी परिसर काठमाडौंका प्रहरी उपरीक्षक अपीलराज बोहराले बताए। आक्रमणका मूख्य नाइके जोशी भने फरार छन्।
उनीहरूले ‘केपी ओलीको मान्छे हौं’ भन्दै प्रहरीमाथि आक्रमण गरेका प्रत्यक्षदर्शीले बताएका छन्।
आक्रमणमा परी टाउको र शरीरमा चोट लागेका हवल्दार घर्तीको राष्ट्रिय ट्रमा सेन्टरमा उपचार भएको थियो। जवान विष्टको आँखामा र शरीरका अन्य भागमा सामान्य चोट लागेको प्रहरीले जनाएको छ।
पुराना पार्टीलाई कमजोर र नयाँलाई पानीको फोका सम्झनु राम्रो होइन्ः ईश्वर पोखरेल (अन्तर्वार्ता)
ओली ९, रवि २१ : रविले धेरै पछाडि छोडे ओलीलाई
‘टेरामक्स’ प्रकरणका अभियुक्तहरूलाई उम्काउने चलखेल सुरु
सन् २०२५ मा ४६० नेपाली अमेरिकाबाट निस्कासित
मनको कुरा गरौं
‘रविले बालेनलाई गरेका छैनन् प्रधानमन्त्रीको अफर’
यो देश अहंकारी, ठग, भगौडा र आतंककारीहरूको क्रीडास्थल हो?
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया