महोत्तरीमा यात्रुबाहक बस दुर्घटनामा हुँदा ३० जना घाइते भएका छन्।
जनकपुरबाट बरथहवाका लागि छुटेको ना५ख २८५१ नम्बरको बस दुर्घटनामा परेको महोत्तरी प्रहरीले जनाएको छ। बस महोत्तरीको माइस्थानबाट तीन किलोमिटर पश्चिमतिरको जंगलमा अनियन्त्रित भई दुर्घटना भएको हो।
बसमा सवार ४० जना यात्रुमध्ये ६ जनाको अवस्था मध्यम रहेको छ भने बाँकी सामान्य घाइते भएका छन्।
घाइतेहरूको बर्दिवासमा उपचार भइरहेको छ। पक्राउ परेका चालकलाई अनुसन्धानका लागि प्रहरीले हिरासतमा राखेको महोत्तरी प्रहरीले जनाएको छ।