बिएल संवाददाता
कोशी प्रदेशका मुख्य सचिव केदारनाथ शर्मा आचार्य र दुर्गादेवी शर्मा आचार्यकी छोरी डाक्टर संगीता आचार्यले विवाह गरेकी छन्।
शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा संगीताले डाक्टर सिद्धार्थ अर्यालसँग विवाह गरेकी हुन्।
उनीहरुको विवाह समारोहमा पूर्वएआईजी सन्दीप भण्डारीसँगै श्रीमती प्रभा शर्मा भण्डारीको समेत उपस्थिती रहेको थियो।
भण्डारी दम्पत्तीले नवविवाहित जोडीलाई फुलको गुच्छा दिएर बधाई तथा शुभकामना दिएका थिए।
त्यसैगरी विवाहमा ओखलढुंगा मानेभनज्याङ्ग गाउँपालिका-६ तल्लो रिचुवा गाउँबाट संयुक्त किराँत राई संगठन अमेरिका न्यूयोर्क पूर्व महासचिव प्रमल राई, सामाजिक अभियन्ता पीके बाङ्देल, अमेरिका न्यूयोकबाट समाजसेवी राधाकृष्ण देउजाको सहभागिता रहेको थियो।
त्यस्तै न्यूयोर्कका लागि नेपालका पूर्व सद्भावना पर्यटनदूत केशवराम राईले पनि नवविवाहित जोडीलाई अमेरिकाबाटै शुभकामना तथा बधाई व्यक्त गरेका थिए।
यूएनमा प्रधानमन्त्री बालेनको १४ मिनेटः विश्वको ध्यान तान्यो, नेपालीको मन
‘संविधानको आत्मा, अभ्यास र नागरिक अपनत्व’
प्रधानमन्त्री ‘बालेन हुन् कि रवि’ भन्नेमा कन्फूजन देखियोः सांसद विश्वकर्मा
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया