बिएल संवाददाता
कोशी प्रदेशका मुख्य सचिव केदारनाथ शर्मा आचार्य र दुर्गादेवी शर्मा आचार्यकी छोरी डाक्टर संगीता आचार्यले विवाह गरेकी छन्।
शुक्रबार सशस्त्र प्रहरी बल, नेपाल प्रधान कार्यालय हल्चोक स्वयम्भूमा संगीताले डाक्टर सिद्धार्थ अर्यालसँग विवाह गरेकी हुन्।
उनीहरुको विवाह समारोहमा पूर्वएआईजी सन्दीप भण्डारीसँगै श्रीमती प्रभा शर्मा भण्डारीको समेत उपस्थिती रहेको थियो।
भण्डारी दम्पत्तीले नवविवाहित जोडीलाई फुलको गुच्छा दिएर बधाई तथा शुभकामना दिएका थिए।
त्यसैगरी विवाहमा ओखलढुंगा मानेभनज्याङ्ग गाउँपालिका-६ तल्लो रिचुवा गाउँबाट संयुक्त किराँत राई संगठन अमेरिका न्यूयोर्क पूर्व महासचिव प्रमल राई, सामाजिक अभियन्ता पीके बाङ्देल, अमेरिका न्यूयोकबाट समाजसेवी राधाकृष्ण देउजाको सहभागिता रहेको थियो।
त्यस्तै न्यूयोर्कका लागि नेपालका पूर्व सद्भावना पर्यटनदूत केशवराम राईले पनि नवविवाहित जोडीलाई अमेरिकाबाटै शुभकामना तथा बधाई व्यक्त गरेका थिए।
विवादमा नेपाली सेना, यस्तो छ इतिहास
अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
दशैँको टीका र जमराको शास्त्रीय साइनो
विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया