बिएल संवाददाता
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ।
काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिएर सनसनीपूर्ण बनाउने, पीडितका भिडियो/तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानलमाथि धमाधम कारबाही गरिरहेको छ।
शुक्रबारसम्म ५१ वटा युट्युब च्यानलमध्ये १५ वटा युट्युबले साम्रगी हटाउन काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि थप कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार भएको छ।
यस्तै १६ वटा युट्युब च्यानलले भने काउन्सिलले मौखिक निर्देशन दिएपछि क्षमायाचनासहित सामग्री हटाएका छन्। काउन्सिलले ११ वटा युट्यु्ब च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका त्यस्ता सामग्री हटाउन भनेकोमा ७ वटाले सामग्री हटाइ क्षमायाचना सहितको जवाफ पठाएका छन्।
केही दिनअघि काउन्सिलले झापा घटनाका विषयमा विज्ञप्ति जारी गरी आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण नगर्न र सम्प्रेषित सामग्री हटाउन भनेको थियो।
त्यसयता ६ वटा युट्युब च्यानलले काउन्सिलमा उपस्थित भइ क्षमायाचना गरेका छन् भने ७ वटा युट्युब च्यानलले विज्ञप्तिका आधारमा भूलसुधार गरेका छन्।
‘मनको घाउ नदेखिए पनि पीडा गहिरो हुन्छ’
कांग्रेसभित्र सहमतिको अन्तिम अस्त्र ‘डा. शेखर’
सरकार जेनजीको म्यान्डेटविपरीत चल्यो, आन्दोलन नै हाइज्याक भयोः वरिष्ठ अधिवक्ता त्रिपाठी
भोटेकोशी बाढीको बज्रपातः प्रियजन फर्किने बाटो हेर्दै बसेको लामा परिवार
‘बाढीपीडितलाई जंक फुड होइन, पोषणयुक्त खाना दिऔं’
कर्णाली प्रतिष्ठानको रजिस्ट्रारमा उपकुलपतिको चलखेलः मापदण्डदेखि सर्टलिस्टसम्म ‘मकेन्द्र शाही मिलाउने’ खेल!
कर्णाली प्रदेशः स्वायत्तताको रहर र सत्ताको कहर
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया