बिएल संवाददाता
प्रेस काउन्सिल नेपालले झापाको शिवसताक्षी नगरपालिकामा भएको एक घटनालाई अतिरञ्जित गर्ने ५१ वटा युट्युब च्यानलमाथि निगरानी गरेको छ।
काउन्सिलले उक्त घटनालाई ‘अमला काण्ड’ नाम दिएर सनसनीपूर्ण बनाउने, पीडितका भिडियो/तस्बिर सार्वजनिक गर्ने तथा समाजमा घृणा, द्वेष, उत्तेजना/अफवाह फैलाउने, सामाजिक सद्भाव बिगार्ने सामग्री सम्प्रेषण गरेका युट्युब च्यानलमाथि धमाधम कारबाही गरिरहेको छ।
शुक्रबारसम्म ५१ वटा युट्युब च्यानलमध्ये १५ वटा युट्युबले साम्रगी हटाउन काउन्सिलले दिएको निर्देशन पालना नगरेपछि थप कारबाहीका लागि साइबर ब्युरोमा पत्राचार भएको छ।
यस्तै १६ वटा युट्युब च्यानलले भने काउन्सिलले मौखिक निर्देशन दिएपछि क्षमायाचनासहित सामग्री हटाएका छन्। काउन्सिलले ११ वटा युट्यु्ब च्यानललाई पत्राचार गरी पत्रकार आचारसंहिता विपरीतका त्यस्ता सामग्री हटाउन भनेकोमा ७ वटाले सामग्री हटाइ क्षमायाचना सहितको जवाफ पठाएका छन्।
केही दिनअघि काउन्सिलले झापा घटनाका विषयमा विज्ञप्ति जारी गरी आचारसंहिता विपरीतका सामग्री सम्प्रेषण नगर्न र सम्प्रेषित सामग्री हटाउन भनेको थियो।
त्यसयता ६ वटा युट्युब च्यानलले काउन्सिलमा उपस्थित भइ क्षमायाचना गरेका छन् भने ७ वटा युट्युब च्यानलले विज्ञप्तिका आधारमा भूलसुधार गरेका छन्।
माधव चौलागाईंः जुम्ली छोराको सिंहदरबार यात्रा
जेनजी–सरकार १० बुँदे सम्झौताः आयोग, संयन्त्र र परिषद् मात्रै ७ वटा (पूर्णपाठ)
‘सुन्तले टापु’मा फक्रिएकाे नेपाली कम्युनिष्ट आन्दाेलन
प्रभु बैंक र अर्बिट कन्सल्टेन्सीको सेटिङः कमिसन बाँडफाँटदेखि नक्कली शैक्षिक कर्जासम्म
हाजिर भइन् सीबीओ रश्मी, सीईओ नभएको बेला डीसीईओ बनेर बैंक चलाउने दाउ !
नेपालगन्ज भन्छ ‘खेल केवल खेल मात्र होइन’
नवौं महाधिवेशनमै ओलीले गरेका थिए ईश्वरलाई अध्यक्ष बनाउने सहमति
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया