रवि लामिछानेकाे पासपोर्ट र नागरिकताबारे प्रहरीले पठायाे अमेरिकी दूतावासलाई पत्र

File Photo
File Photo

चितवन-२ बाट निर्वाचित सांसद रवि लामिछानेको अमेरिकी नागरिकता र पासपोर्टको विवरण पठाइदिन भन्दै नेपाल प्रहरीले काठमाडौंस्थित अमेरिकी दूतावासलाई पत्र पठाएकाे छ।

जिल्ला प्रहरी परिसर काठमाडौँले परराष्ट्र मन्त्रालयमार्फत् दूतावासलाई पत्र लेखेको स्राेतले बताएकाे छ।

प्रहरीले राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति लामिछानेको अमेरिकी नागरिकता प्राप्त गरेको मिति र त्याग गरेको भए सो खुल्ने मिति र सोसम्बन्धी भएका निर्णयका बारेमा विवरण पठाउन पत्रमार्फत आग्रह गरेकाे छ।

यसअघि जिल्ला प्रहरी परिसर काठमाडौँले जिल्ला प्रशासन कार्यालय काठमाडौँलाई पनि पत्र लेख्दै लामिछानेको नेपाली तथा अमेरिकी नागरिकता त्याग र प्राप्तिसम्बन्धी कागजात मगाएको थियाे।

प्रकाशित मिति: : 2022-12-06 13:20:00

प्रतिकृया दिनुहोस्