दोलखा प्रदेशसभा (ख) मा एमालेका केसी विजयी

File Photo
File Photo

दोलखा प्रदेशसभा (ख) मा एमाले उम्मेदवार भरतबहादुर केसी विजयी भएका छन्।

उनी १९ हजार ४१४ मत ल्याएर प्रदेशसभा सदस्य पदमा विजयी भएका हुन्। उनका निकटतम प्रतिद्वन्द्वी नेपाली कांग्रेसका बर्मा लामाले १७ हजार ५९५ मत प्राप्त गरे।

कांग्रेस उम्मेदवार लामा २०७४ को निर्वाचनमा पनि प्रदेशसभामा पराजित भएका थिए। यसअघि उनी माओवादी केन्द्रका विशाल खड्कासँग पराजित भएका थिए। यसपटक प्रदेशसभामा निर्वाचित भरत केसी भिमेश्वर नगरपालिकाका पूर्वमेयर हुन्।

लामा कांग्रेस दाेलखाका सभापति हुन्। उनले आफूलाई अन्तर्घात गरेर हराइएकाे आराेप लगाएका छन्।

प्रकाशित मिति: : 2022-12-04 12:13:00

प्रतिकृया दिनुहोस्