तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना छैन: माधव नेपाल

नेकपा एकीकृत समाजवादी अध्यक्ष माधवकुमार नेपालले तत्काल वाम गठबन्धनको सरकार बन्ने सम्भावना नरहेको बताएका छन्।

मंगलबार पार्टी केन्द्रीय कार्यालयमा सञ्चारकर्मीहरूसँग संक्षिप्त प्रतिक्रिया दिँदै अध्यक्ष नेपालले यस्तो बताएका हुन्। 

राष्ट्रिय राजनीतिबारे पार्टीभित्र गम्भीर छलफल भएको समेत उनले जानकारी दिए। अध्यक्ष नेपालले मतगणना नै नसकिएकाले हालसम्म सरकार गठनबारे भने कुनै पनि छलफल नभएको उल्लेख गरे।

आफ्नो पार्टीले निर्वाचनमा थ्रेस होल्ड कटाउनेसमेत अध्यक्ष नेपालले दाबी गरेका छन्। 

प्रकाशित मिति: : 2022-11-29 17:07:00

प्रतिकृया दिनुहोस्