निर्वाचनको परिणामले राजनीतिक अस्थिरता आउँदैन : सुवास नेम्वाङ

File Photo
File Photo

एमाले उपाध्यक्ष सुवास नेम्वाङले हालै सम्पन्न आम निर्वाचनको परिणामले राजनीतिक अस्थिरता ननिम्तिने बताएका छन्।

एक साताअघि ४ मंसिरमा सम्पन्न प्रतिनिधिसभा र प्रदेशसभा सदस्यमा एमालेका शीर्ष नेता पराजित भएका बेला उपाध्यक्ष नेम्वाङले निर्वाचनको परिणाम जस्तो आएको भए पनि राजनीतिक अस्थिरता आउन दिन नहुने बताएका हुन्।

इलाम क्षेत्र नम्बर २ बाट प्रतिनिधिसभा सदस्यमा निर्वाचित नेम्वाङले राजनीतिक अस्थिरता आउन नदिन सबै दल र नेताहरु सचेत रहनुपर्ने बताए।

मिश्रित निर्वाचन प्रणाली अवलम्बन गरिएको र सोहीअनुसार मिश्रित परिणाम आउनेबारे सबै दल जानकार रहेको भन्दै उनले राजनीतिक अस्थिरता आउन नदिने गरी काम गर्नुपर्ने बताए।

लोकतन्त्रमा निषेधको राजनीति गर्न नहुने आफूहरुको विचारलाई जनताले पनि निषेधको राजनीति पराजित भएको भन्दै उनले सबै राजनीतिक दललाई मिलेर अघि बढ्न जनादेश आएको बताए।

जनादेशअनुसार राजनीतिक दलअघि बढ्नुपर्ने भन्दै उनले संविधान कार्यान्वयनमा र लोकतन्त्रलाई असर नगर्नेगरी जनादेश नआएको बताए।

एमालेलाई सरकारमा जान आतुर नरहेको भन्दै नेम्वाङले अहिलेका जनादेशअनुसार नै अघि बढ्नुपर्ने बताए।

प्रकाशित मिति: : 2022-11-28 16:28:00

प्रतिकृया दिनुहोस्