एमाले नेता एवं पूर्वमन्त्री भानुभक्त ढकाल मोरङ ३ बाट प्रतिनिधि सभा सदस्यमा पराजित भएका छन्। उनलाई कांग्रेसका सुनिल शर्माले हराएका हुन्।
शर्मा ४८ हजार ६ सय ३१ मतसहित विजयी हुँदा ढकालले २५ हजार ८ सय ९५ मत मात्र पाए। राप्रपाकी रेखा थापाले १० हजार ९ सय ९८ मत पाइन्।
०७४ को निर्वाचनमा ढकालले शर्मालाई हराएका थिए।