मोरङ–६ (२) मा कांग्रेसका कार्की विजयी, प्रतिस्पर्धी बस्नेतले दिए बधाई

मोरङ क्षेत्र नम्बर ६(२) मा नेपाली कांग्रेसका केदार कार्की विजयी भएका छन्। 

उनले नेकपा एमालेका पर्शुराम बस्नेतलाई पराजित गरेका हुन्। कार्की १० हजार ४३१ मत ल्याइ विजयी भएका हुन्। उनका प्रतिस्पर्धि बस्नेतले ९ हजार २५१ मत ल्याए।

कार्कीसँग पराजित भएका बस्नेतले विराटनगरको आदर्श मावि मतगणनास्थल पुगेर बधाई दिए। उनले टिका र माला लगाइदिएर बधाई दिएका हुन्।

अघिल्लो निर्वाचनमा सोही क्षेत्रबाट प्रदेशसभामा निर्वाचित भएका कार्की हाल प्रदेश सरकारको आन्तरिक मामिला तथा कानुन मन्त्री छन्।

कार्कीले अघिल्लो पटक एमालेका रमेशप्रसाद पोखरेललाई पारजित गरेका थिए। कार्कीले केदार कार्की ११ हजार २९८ ल्याउँदा पोखरेलले ८ हजार १२० मत ल्याएका थिए।
 

प्रकाशित मिति: : 2022-11-25 12:57:00

प्रतिकृया दिनुहोस्