सञ्चारमन्त्री कार्कीलाई पछि पार्दै एमालेका कुसियैतको अग्रता कायमै

File Photo
File Photo

सुनसरी क्षेत्र नं ४ मा एमालेका उम्मेदवार जगदिशप्रसाद कुसियैतले अग्रता कायम राखेका छन्।

नेपाली कांग्रेसका नेता एवं सञ्चारमन्त्री ज्ञानेन्द्रबहादुर कार्कीलाई ११७७ मतले पछि पार्दै कुसियैतले अग्रता बनाएका हुन्।

कुसियैत १७ हजार १४१ मत ल्याई अग्रस्थानमा छन्। उनका निकटतम प्रतिद्वन्द्वी  कार्की १५ हजार ९६४ मतका साथ दोस्रो स्थानमा छन्।

प्रदेशसभातर्फ भने दुवै क्षेत्रमा नेपाली कांग्रेसले अग्रता बनाएको छ। सुनसरी ४(१) मा नेपाली कांग्रेसका उम्मेदवार सदान्नद मण्डल ८८०२ मतका साथ अग्रस्थानमा छन्। उनका प्रतिद्वन्दी जनता समाजवादी पार्टीका परशुराम बस्नेतले ७२३९ मत ल्याएका छन्।

सुनसरी ४(२) मा इस्राईल मन्सुरी ७२८४ मत ल्याइ अग्रस्थानमा छन्। एमालेका अब्बास अंसारीले ६१२६ मत ल्याएर उनलाई पछ्याइरहेका छन्।

प्रकाशित मिति: : 2022-11-25 11:50:00

प्रतिकृया दिनुहोस्