अर्घाखाँचीमा एमाले पहिलो दल, माओवादी स्वतन्त्रभन्दा पनि पछि

अर्घाखाँचीमा नेकपा (एमाले) पहिलो दल भएको छ। एक प्रतिनिधि सभा क्षेत्र र दुई प्रदेश सभा क्षेत्र रहेको अर्घाखाँचीमा एमालेले तीन पद आफ्नो पक्षमा पार्दै समानुपातिक मतका आधारमा समेत पहिलो दल बन्न सफल भएको हो।

समानुपातिक तर्फ ३७ हजार ४ सय ५० मत प्राप्त गरेको अर्घाखाँचीमा प्रतिनिधि सभा सदस्यमा एमालेका केन्द्रीय सचिव टोपबहादुर रायमाझी निर्वाचित हुँदा प्रदेश सभामा एमालेकै चेतनारायण आचार्य र रामजी प्रसाद घिमिरे निर्वाचित भएका छन्।

एमालेलाई पछ्याएको नेपाली कांग्रेस २६ हजार ८ सय ६५ मतसहित दोस्रो ठुलो दल बन्दा नयाँ शक्तिका रुपमा उदाएको राष्ट्रिय स्वतन्त्र पार्टी ८ हजार ९ सय ५१ मतसहित तेस्रो भएको छ।

त्यस्तै ७ हजार ३ सय ४२ महसहित माओवादी केन्द्र चौथो र ५ हजार ३ सय २७ मतसहित राष्टिय जनमोर्चा पाँचौँ ठुलो दल भएको छ।

नेकपा (एमाले)बाट विभाजित भई बनेको नेकपा (एकीकृत समाजवादी)ले भने लज्जाजनक मत प्राप्त गरेको छ। एकीकृत समाजवादीले १ हजार ६७ मत प्राप्त गर्दा राष्टिय प्रजातन्त्र पार्टीले ९ सय १२ मत प्राप्त गरेको छ।

प्रकाशित मिति: : 2022-11-25 10:35:00

प्रतिकृया दिनुहोस्