आङदेम्वेलाई ४७ मतान्तरले पराजित गर्दै पाँचथरमा नेम्वाङ विजयी

पाँचथरको प्रतिनिधि सभामा नेकपा (एमाले)का बसन्तकुमार नेम्वाङ विजयी भएका छन्। नेपाली कांग्रेसका भीष्मराज आङदेम्वेलाई ४७ मतान्तरले पराजित गर्दै प्रतिनिधिसभा सदस्यमा निर्वाचित भएका हुन्।

नेम्वाङ ३२ हजार ११० मत ल्याई विजयी हुँदा निकटतम प्रतिद्वन्द्वी आङदेम्वेले ३२ हजार ६३ मत ल्याएका छन्।

२०४८ र २०५६ को निर्वाचनमा उनी पाँचथरबाटै निर्वाचित भएका थिए। २०७४ को निर्वाचनमा उनले नेपाली कांग्रेसका आङदेम्वेलाई १० हजार बढी मतान्तरले पराजित गरेका थिए। नेम्वाङले ३८ हजार ६४१ मत ल्याउँदा आङदेम्बे २८ हजार २५ मत ल्याएका थिए।

केपी शर्मा ओली प्रधानमन्त्री हुँदा नेम्वाङ भौतिक पूर्वाधार तथा यातायात मन्त्री थिए। उनी हाल नेकपा एमालेका केन्द्रीय सदस्य छन्।

प्रकाशित मिति: : 2022-11-25 10:27:00

प्रतिकृया दिनुहोस्