सुर्खेत–१ मा नेपाली कांग्रेसका पूर्णबहादुर खड्का निर्वाचित भएका छन्।
सत्ता गठबन्धनबाट उम्मेदवारी दिएका खड्काले एमालेका ध्रुवकुमार शाहीलाई फराकिलो मतान्तरले पराजित गरेका हुन्।
बिहीबार साँझ सार्वजनिक मत परिणाम अनुसार खड्काले ४२ हजार ६०७ मत पाए भने उनका निकटतम प्रतिस्पर्धी नेकपा एमालेका ध्रुवकुमार शाहीले ३० हजार ९८८ मत पाएका छन्।