बाँके निर्वाचन क्षेत्र नं. ३ बाट नेपाली कांग्रेसका सहमहामन्त्री किशोरसिंह राठौर निर्वाचित भएका छन्।
नेपाली कांग्रेसका सहमहामन्त्रीसमेत रहेका राठौरले नेकपा एमालेका उम्मेदवार किस्मतकुमार कक्षपतिलाई पछि पार्दै विजयी भएका हुन्।
उनले २९ हजार ४० मत ल्याउँदा उनका निकटतम प्रतिद्वन्द्वी कक्षपतिले २४ हजार २४७ मत प्राप्त गरे।
त्यसैगरी राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार देवेन्द्रनाथ शुक्लाले ७ हजार ४३९ मत ल्याएका थिए।