उदयपुरको क्षेत्र नम्बर २ को प्रदेश (ख) मा नेपाली कांग्रेसका रामकुमार खत्री निर्वाचित भएका छन्। १२ हजार ६२७ मत ल्याएर उनी निर्वाचित भएका हुन्।
उनका प्रतिद्वन्दी नेकपा एमालेका जिवनाथ दाहालले ९ हजार २३६ मत ल्याए।
खत्री २०७४ को निर्वाचनमा यही क्षेत्रका प्रदेशसभा सदस्यमा पराजित भएका थिए। उनलाई नेकपा एमालेकी कला घलेले पराजित गरेकी थिइन्।