मतदाताकाे विश्वासले चुनाव जितेका छाैं : टेकराज पछाई (भिडियाेसहित)

जुम्ला प्रदेशसभा (ख) मा एमालेका टेकराज पछाई विजयी भएका छन्। उनले एमालेबाटै फुटेकाे पार्टी नेकपा एकीकृत समाजवादीका पदम बहादुर राेकायालाई पराजित गर्दै जित हात पारेका हुन्।

प्रदेशसभा (ख) काे ३२ हजार २ सय ८५ मध्ये २० हजार ६ सय १६ मत खसेकाे थियाे। उनी सात हजार आठ सय १५ मतसहित विजयी भएका हुन्।

उनका निकटतम प्रतिद्वन्द्वी एकीकृत समाजवादीका पदम बहादुर राेकायाले छ हजार सात सय २२ मत प्राप्त गरेका छन्। उनी कर्णाली प्रदेश सभाका वहालवाला मन्त्रीसमेत हुन्।

त्यस्तै स्वतन्त्र उम्मेदवार धन बहादुर बस्नेतले चार हजार एक सय ६५ मत प्राप्ति गरेका छन् भने नेमकिपाका विर्ष रावतले १२ सय दुई मत प्राप्त गरेका छन्।

प्रदेशसभा इतिहासमा दाेस्राे पटक भएकाे निर्वाचनअन्तर्गत क्षेत्र नम्बर (ख) दुबै पटक एमालेकाे झण्डा फहराएकाे हाे। यसअघि नेकपा माओवादी केन्द्रसँगकाे गठबन्धनकाे बलमा जितेकाे एमालेले यतिबेला एकल रुपमा चुनाव जितेकाे हाे।

विजयी भएका एमाले उम्मेदवार टेकराज पछाई सैद्धान्तिक रुपमा परिपक्व, विश्वविद्यालयीय ज्ञानले दिक्षित युवा नेतृत्वको रुपमा परिचित छन्।

कर्णालीकाे सिंजा क्षेत्रबाट अध्ययनका लागि काठमाडौं गएका पछाईंले अमृत साइन्स क्याम्पस (अस्कल)काे स्ववियु सदस्य, सहसचिव हुँदै दुई कार्यकाल सभापति बन्न सफल भएकै कारण उचाे छवि निर्माण गरेका छन्।

लामाे समय विद्यार्थी राजनीतिमा विताएका उनी युवा संघ हुँदै पार्टी राजनीतिमा क्रियासिल छन्। छाेटाे समयमा प्रभावकारी व्यक्तित्व  निर्माण गरेका उनी युवा पुस्ताका प्रिय नेता मानिन्छन्।

पार्टी विभाजनले क्षतविक्षत अवस्थामा समेत उनी लाेकप्रिय मत हासिल गर्न सफल हुनु उनले निर्माण गरेकाे व्यक्तित्वको उपज हाे।

कर्णालीबाट काठमाडौं गएका युवा विद्यार्थीले विरलै अवसर पाउने अवस्थामा उनी हस्तक्षेपकारी भूमिका निर्वाह गर्दै अनेरास्ववियु बागमती अञ्चल कमिटी सदस्य समेत बनेका थिए भने कर्णालीलाई काठमाडौं जाेड्ने पुलकाे काम गर्न सफल हुनु नै उनकाे जितकाे आधार हाे।

पार्टीकाे जिल्ला र प्रदेश कमिटीमा सक्रिय उनले जिल्लामा खलबलिएकाे संगठनलाई बलियाे बनाउन भूमिका खेलेकाे थिए। प्रतिनिधिसभामा राप्रपाले र प्रदेशसभा (क) मा स्वतन्त्र उम्मेदवारले जित्ने परिस्थिति निर्माण हुँदै गर्दा एमालेले सिंजा क्षेत्रमा आफ्नाे संगठनकाे साख जाेगाउन सफल भएकाे देखिन्छ।

उनी सिंजा क्षेत्रका जनतालाई कम्युनिस्ट विचार सिद्धान्तले सुसूचित भएकाे मान्छन्। यसलाई व्यापक बनाउने उदेश्य सहित उम्मेदवारी दिएकाे उनकाे भनाई छ। उनले भने, 'पार्टीकाे विश्वास र जनताकाे मायाले म निर्वाचित भएकाे छु।'

एमालेका उम्मेदवार पछाई युवाहरुका मुद्दालाई लिएर चुनावी मैदानमा छन्। कम उमेरमै ठुला राजनीतिक उपलब्धि हासिल गरेका उनी एमालेमा उच्च तहकाे पहुँच भएका युवा नेता मानिन्छन्।

उनले सुरुदेखि नै गठबन्धन जनस्तरबाट नभएकाे हुँदा जनताले आफूलाई विजयी गराउने बताइरहेका थिए।

'केही सिमित नेताकाे स्वार्थका लागि भएकाे गठबन्धनप्रति जनताकाे विश्वास छैन। हामी सबै खालका मतदाताकाे बीचमा पुगेका छाैं,' उनले असाेज २३ गते उम्मेदवार दर्ता गर्दै गर्दा भनेका थिए, 'पार्टीको देशभक्ति अडान र हाम्राे जनताप्रतिकाे सदासयताका कारण हामी जित्नेछाैं। हामीसँग विकासको स्पष्ट खाका छ।'

सिंजा जस्ताे ऐतिहासिक महत्व बाेकेकाे क्षेत्रमा सबै खालका विकासका पूर्वाधारहरु खडा गर्न जनताले एमाले जस्ताे सशक्त पार्टीकाे भराेसा गरेकै कारण आफू विजयी हुन सकेकाे उनले बताए।

'हामी गर्न सक्ने भएकै कारण जनताकाे साथ पाएका छाैं। जनताकाे हरेक मतकाे कदर हुनेछ,' उनले भने, 'हामीले गठबन्धनका बलले हाेइन, आम मतदाताकाे बलले चुनाव जितेका छाैं। त्यसैले जनमतकाे उच्च कदर हुनेछ।'

प्रकाशित मिति: : 2022-11-23 12:40:00

प्रतिकृया दिनुहोस्