सर्लाही क्षेत्र नम्बर–१ (ख) मा नेकपा एकीकृत समाजवादीकी वेची लुंगेली विजयी भएकी छन्।
पछिल्लाे मतपरिणाम अनुसार उनले ६ हजार ६९९ मतान्तरले निकटतम प्रतिद्वन्द्वी नेकपा एमालेकी शान्ति लामालाई पराजित गरेकी हुन्।
लुंगेलीले १३ हजार ६७६ मत ल्याउँदा लामाले ६ हजार ९७७ मत ल्याएकी थिइन्। स्वतन्त्र उम्मेदवार राजन श्रेष्ठ ५ हजार ९४५ मत ल्याउँदै तेस्रो स्थानमा रहे ।