दाङ निर्वाचन क्षेत्र नम्बर २ को प्रदेशसभा १ बाट कांग्रेसका राजु खनाल विजयी भएका छन्।
गठबन्धनबाट उम्मेदवार बनेका खनालले १५ हजार ६१६ मत ल्याउँदै विजयी भएको हुन्।
औपचारिक रुपमा भने विजयी घोषणा हुन बाँकी रहेको छ। यस्तै खनालका प्रतिस्पर्धी नेकपा एमालेका उम्मेदवार बलिभद्र रानाले १४ हजार ४४९ मत प्राप्त गरेका छन्। उनी खनालसँग १ हजार १६७ मतान्तरले पारजित भएका छन्।