ललितपुर–१ मा कांग्रेसका उदयशमशेर निर्वाचित

 

ललितपुर–१ बाट प्रतिनिधिसभामा नेपाली कांग्रेसका उदयशमशेर राणा निर्वाचित भएका छन्।

निर्वाचित अधिकृत बालकृष्ण निरौलाले नेकपा एमालेका नवराज सिलवाललाई हराउँदै राणा निर्वाचित भएकाे बताएका छन्। मत गणना सकिएको तर औपचारिक घोषणा हुन बाँकी रहेको निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ।

प्रकाशित मिति: : 2022-11-23 02:30:00

प्रतिकृया दिनुहोस्