काठमाडौँ–६ मा शिशिरको अग्रता कायमै

काठमाडौँ–६ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार शिशिर खनालले अग्रता कायम राखेका छन्।

मङ्सिर ४ गते सम्पन्न प्रतिनिधिसभा तथा प्रदेशसभा निर्वाचनमा केहीबेर अगाडि २४ हजार एक सय ४८  मतगणना हुँदा राष्ट्रिय स्वतन्त्र पार्टीका प्रतिनिधिसभाका उम्मेदवार खनालले आठ हजार आठ सय ७५ मत प्राप्त गरेकाे निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिएका छन्।

यस्तै दोस्रोमा नेपाली कांग्रेसका उम्मेदवार भीमसेनदास प्रधानले पाँच हजार तीन सय ४२ मत प्राप्त गरेका छन् भने तेस्रोमा नेकपा (एमाले)का उम्मेदवार सर्वेन्द्र खनालले पाँच हजार तीन सय १० मत प्राप्त गरेकाे निर्वाचन अधिकृत खनालले बताएका छन्।

काठमाडौँ–६ मा प्रतिनिधिसभामा २४ उम्मेदवार प्रतिस्पर्धामा छन्।

प्रकाशित मिति: : 2022-11-23 04:27:00

प्रतिकृया दिनुहोस्