काठमाडौं–१० (१) मा कांग्रेसका पुकार महर्जन निर्वाचित

काठमाडौं–१० (१) निर्वाचन क्षेत्रबाट नेपाली कांग्रेसका पुकार महर्जन प्रदेशसभा सदस्यमा निर्वाचित भएका छन्।

उनी राप्रपाका शिवभक्ति बलामीलाई पराजित गर्दै निर्वाचित भएका हुन्। उनले १० हजार ८२ मत ल्याउँदा बलामीले ७ हजार ३०९ मत पाएका थिए। 

त्यसैगरी नेकपा माओवादी केन्द्रका दिलिप महर्जनले ३ हजार ६ सय मत ल्याए।  
 

प्रकाशित मिति: : 2022-11-22 21:41:00

प्रतिकृया दिनुहोस्