मोरङ प्रदेशसभा (अपडेट): कुन क्षेत्रमा कसको अग्रता ?

मोरङ क्षेत्र नम्बर १(१) मा नेकपा एमालेका उमाकान्त गौतमले अग्रता लिएका छन्।

उनले ४१६५ मत ल्याएका छन्। उनका प्रतिद्वन्दी नेकपा माओवादीका कुशल साम्बाले २८४७ मत ल्याएका छन्।राप्रपाका पूर्ण बाइवाले २४५९ मत ल्याएका छन्। क्षेत्र नम्बर १(२) मा मतगणना सुरु भएको छैन्। मोरङ २(१) मा नेकपा माओवादीका गणेश उप्रेतीले अग्रता बनाएका छन्। उप्रेतीले २७३८ मत ल्याउँदा एमालेका दानबहादुर कार्कीले २४९९ मत ल्याएका छन् ।

२(२) मा एमालेका लिलाबल्लभ अधिकारी अग्रस्थानमा छन्। उनले ३३२५ मत ल्याएका छन्। उनका प्रतिद्वन्द्वी कांग्रेसका विनोद कार्कीले २६३४ मत ल्याएका छन्। क्षेत्र नम्बर ३(१) मा नेपाली कांग्रेसका मानबहादुर लिम्बू ७४५३ मतका साथ अग्र्रस्थानमा छन्। उनका प्रतिद्वन्द्वी नेकपा एमालेका दिलिप राईले ६७६३ मत ल्याएर पछ्याइरहेका छन्। २६८४ मत ल्याएर राप्रपाका तिर्थ गुरुङ तेस्रो स्थानमा छन्।

 ३(२) को मतगणना सुरु भएको छैन्। ४(१) मा नेपाली कांग्रेसका गुरुराज घिमिरेले अग्रता कायम राखेका छन्रस। उनी ७८३२ मतका साथ अग्रस्थानमा छन्। एमालेका जयप्रकाश चौधरी ७६७५ मतका साथ दोस्रो स्थानमा छन्। क्षेत्र नम्बर ५(१) मा कांग्रेसका गयानन्द मण्डल गनगाई १३०६५ मतका साथ अगाडी छन्।स उनलाई नेकपा एमालेका सन्तोष शाहले ८३२२ मत ल्याएर पछ्याइरहेका छन्।

५(२)को मतगणना सुरु भएको छैन्। मोरङ ६(१) मा नेकपा एमालेकी रिता न्यौपानले अग्रता कायम राखेकी छिन्। उनले ५१९५ मत प्राप्त गरेकी छिन्। उनका प्रतिद्वन्द्वी नेकपा माओवादीका जीवन आचार्यले ३८७६ मत ल्याएका छन्। ६(२)को मतगणना सुरु भएको छैन्।

प्रकाशित मिति: : 2022-11-22 19:00:00

प्रतिकृया दिनुहोस्