सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी

Break n Links
Break n Links

सिंहदरबारस्थित खानेपानी मन्त्रालयको भवनमा आगलागी भएको छ। मन्त्रालय भवनको माथिल्लो तलामा  आगलागी भएको काठमाडौं प्रहरी परिसरले जानकारी दिएको छ। 

आगलागीबाट मन्त्रालयका केही कोठाहरूमा क्षति पुगेको बताइएको छ। आगलागीको कारण अहिलेसम्म स्पष्ट भएको छैन।

खानेपानीमन्त्री प्रदीप यादवले विद्युत सर्ट भएर आगलागी भएको हुनसक्ने आशंका गरिएको बताएका छन्।

आगलागीबाट दुईवटा टेलिभिजन, एउटा कम्प्युटर, डेस्कटप, पानी तताउने मेसिन, टेबुल, सोफा, कुर्सीहरूमा क्षति पुगेको छ।

प्रहरी स्रोतका अनुसार केही कागजातसमेत जलेर खरानी भएको छ। यद्यपि प्रहरीले विस्तृत विवरण सार्वजनिक गरेको छैन।

प्रकाशित मिति: : 2025-02-08 11:41:00

प्रतिकृया दिनुहोस्