बिएल संवाददाता
खानेपानीमन्त्री प्रदिव यादवले सिंहदरबारस्थित खानेपानी मन्त्रालयमा लागेको आगलागीबारे अनुसन्धान भइरहेको बताएका छन्।
शनिबार संचारकर्मीहरूसँगको कुराकानीका क्रममा घटनाबारे अनुसन्धान भइरहेको बताएका हुन्।
उनले आगलागीमा कुनैपनि आवश्यक कागजपत्रहरू नजलेको बताए। डकुमेन्ट हस्ताक्षर गरेर मन्त्रालयका सचिवलाई पठाउने गरेकाले महत्वपुर्ण कागजपत्रहरू जोगिएको बताए।
उनले भने, ‘महत्वपूर्ण कागजपत्रहरू बचेका छन् । कुनैपनि आवश्यक कागजपत्रहरू मेरो टेबुलमा थिएन। डकुमेन्ट हस्ताक्षर गरेर सचिवलाई पठाइहाल्ने बानी छ। कहिले पनि टेबुलमा फाइल रहँदैन थियो। त्यसकारण पनि अफिसियल कागजपत्र जलेका छैनन्।’
उनले शुक्रबार कार्यालयमा केही गन्ध आएको र त्यो पानी तताउने मेसिन ‘हिट भएर होला’ भन्ने सोचेको बताए।
उनले भने, ‘हिजो म कार्यालयमा हुँदा गन्ध आएको थियो। मैंले कार्यालय सहयोगीलाई सोधें, उहाँले पानी तताउने मेसिन हिट भएर होला भन्नुभयो। अनि प्लग निकालेर सवा पाँच बजे निस्कियौं। बिहान यस्तो दुखद घटना भयो।’
उनले थप भने, ‘यसबारे प्रहरीले अनुसन्धान गरिरहेको छ। तीनवटा सीसी क्यामेराको मनिटर, एक थान कम्प्युटर, डेक्सटप, पानी तताउने मेसिन, टेबुल, सोफालगायत अन्य सामानहरू जलेका छन्।’
शनिबार बिहान करिब पौने ८ बजे खानेपानी मन्त्रालयमा आगोलागी भएको थियो।
नीतिगतले छेक्न नसकेको ‘लुट’
ओझेलमा पारिएको सवाल!
मोरङको राजघाटदेखि विश्व रंगमञ्चसम्म: सिर्जनाको अद्भुत उडान
आज केही स्थानमा मध्यम वर्षाको सम्भावना
प्रचण्डलाई ओलीको अफरः ‘कार्यगत एकता गरौँ, विद्यालाई नेता मानेर अघि बढौँ’
कानुन बनाउनेकै गैरकानुनी हर्कतः खारेज भइसकेको लाइसेन्स बोकेर मोटरसाइकल हुइँक्याउँदै हर्क
काठमाडौं नै नदेखेका सन्तबहादुरले केएमसीमा यसरी पाए निःशुल्क उपचार
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया