 
                                            
                                        
                                     
                                बिएल संवाददाता
 
                                उर्जा, जल स्रोत तथा सिंचाई मन्त्री दीपक खड्काले खानेपानी मन्त्रालयमा भएको आगलागी बारे अध्ययनको काम भइरहेको बताएका छन्।
आगलागीका बारेमा अनुसन्धान गर्नका लागि बिल्डिङको विद्युतीय वायरिङ चेकजाँज गर्न विद्युत प्राधिकरणको प्राविधिक टिमलाई बोलाइएको उनले जानकारी दिए।
खानेपानी मन्त्रालयको अनुगमन गर्दै उनले अहिलेलाई इलेक्ट्रिक सर्ट भएर आगो लागेको कुरा आएपनि अनुसन्धानको लागि प्राधिकरणको टिमलाई बोलाएको बताए।
उनले भने, ‘मन्त्री प्रदिप यादवको कार्यकक्ष भित्रको एउटा प्लगमा हिजोदेखि नै जलेको जस्तो गन्ध आइरहेको रहेछ, शंका लागेर खोलेर पनि हेर्नु भएको रहेछ। सोही आधारमा इलेक्ट्रिक सर्ट भएको हो कि भन्ने छ। प्राधिकरणको टिमलाई बोलाएका छौ। इन्भेस्टिगेसन र पूरै बिल्डिङको वायरिङ चेक गर्ने भनेका छौं। यसमा थप कुरा सीसी क्यामेरा हेरेपछि थाहा होला। ठूलो क्षती हुन पाएन, नियन्त्रण भइसकेको छ।’
यस्तै, उनले मन्त्री प्रदीप यादवको कार्यकक्ष आगलागी कारण पूर्णरुपमा क्षति भएको बताए। तीनवटा कोठामा लागेको आगलागीको क्षतिको विवरण भने आइसकेको छैन। सीसी क्यामेरा हेरेर प्रहरीले आगलागीको कारणबारे अनुसन्धान थालेको छ।
 
                                    
                                        विवादमा नेपाली सेना, यस्तो छ इतिहास
 
                                    
                                        अन्तरिम सरकारमाथि बालेनको ‘छायाँ शासन’
 
                                    
                                        जेन–जीको नाममा नयाँ आतंक: ‘म नै राज्य हुँ’ भन्ने शैलीमा धम्की र दबाब
 
                                    
                                        ओली र पोखरेलको चेतावनी, बस्नेतको हुंकार र जेन–जी आन्दोलनपछि नेपालको राजनीति
 
                                    
                                        ‘जेन–जी’ आन्दोलनः स्वतन्त्रता कि विदेशी शक्तिको खेल?
 
                                    
                                        दशैँको टीका र जमराको शास्त्रीय साइनो
 
                                    
                                        विश्व शान्ति दिवसमा अशान्त मन!
१ .
२ .
३ .
४ .
५ .
प्रतिक्रिया