मोरङ क्षेत्र नम्बर २ एमालेका ऋषिकेश पोखरेलले अग्रता लिएका छन्।
कांग्रेसकी नेतृ सुजाता कोइरालालाई १५५ मतले पछि पार्दै पोखरेलले अग्रता कायम गरेका हुन्। पछिल्लो मत परिणामअनुसार पोखरेलले कुल ४१६० मत प्राप्त गरेका छन्।
कांग्रेस नेतृ कोइरालाले ४००५ मत ल्याएकी छन्। यस्तै, यस क्षेत्रमा राष्ट्रिय स्वतन्त्र पार्टीका ठगेन्द्रप्रसाद न्यौपानेले ३६४ मत प्राप्त गरेका छन्।