मोरङ–३ मा सुनिल शर्मालाई पछ्याउँदै भानुभक्त

मोरङ क्षेत्र नं ३ मा डा सुनिल शर्माको अग्रता कायमै रहेको छ।

प्रतिनिधिसभा सदस्यको छ हजार तीन सय ५६ मत गन्दा गठबन्धबाट नेपाली कांग्रेसका शर्माले तीन हजार एक सय ३२ प्राप्त गरेका छन् भने नेकपा (एमाले)का पूर्वमन्त्री भानुभक्त ढकालले एक हजार पाँच सय ७३ मत पाएका छन्। राप्रपाकी रेखा थापाले नौ सय छ मत प्राप्त गरेकी छिन्।

जम्मा एक लाख ४९ हजार आठ सय ३३ मतदाता रहेको उक्त क्षेत्रमा ९७  हजार चार सय ६८ खसेको थियो। 

सो क्षेत्रमा पथरी शनिश्चरे नगरपालिका– ८ बेलबारी नगरपालिका– ८, सुन्दरहरैचा नगरपालिकाको ६ र कानेपोखरी गाउँपालिकाको चार गरी २६ वटा वडा रहेका छन्। 

तीन ठाउँमा मतगणना हुँदै 

सङ्घीयको समानुपातिकका लागि एक ठाउँ र प्रदेश ‘क’ र ‘ख’ का लागि एक–एक ठाउँमा मतगणना सुरु भएको उक्त क्षेत्रका निर्वाचन अधिकृत रामहरि काफ्फेले जानकारी दिए। 

प्रतिनिधिसभा सदस्यका लागि ३१ जनाको उमेदवारी रहेको यस क्षेत्रमा नेकपा (एमाले)बाट पूर्वमन्त्री  ढकाल, सत्ता गठबन्धनबाट कांग्रेसका   शर्मा र राप्रपाकी नेत्री तथा नायिका रेखा थापा प्रतिस्पर्धामा छन्। 
 

प्रकाशित मिति: : 2022-11-22 15:59:00

प्रतिकृया दिनुहोस्