रुपन्देही-१ मा एमालेका छविलालकाे अग्रता, दोस्रोमा घनश्‍याम भुसाल

रुपन्देही क्षेत्र नम्बर १ मा एमालेका उम्मेदवार छविलाल विश्‍वकर्माले अग्रता लिएका छन्। उनले २ हजार ५ सय ४२ मत पाएका छन्।

त्यसैगरी स्वतन्त्र उम्‍मेदवार घनश्‍याम भुसालले १ हजार ९६४ मतका साथ पछ्याइरहेका छन्।

नागरिक उन्मुक्ति पार्टीका धनिराम चौधरीले १ हजार ८ सय ७७ मत प्राप्त गरेका छन् भने जनमत पार्टीका कैलाश गुरूङले १ हजार ३२० मत ल्याएका छन्। त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका नरबहादुर पछाइले ९५६ मत प्राप्त गरेका छन्। 

प्रकाशित मिति: : 2022-11-22 15:49:00

प्रतिकृया दिनुहोस्