मिश्रलाई फापेन काठमाडौं- १, दोस्रो पटक पनि स्तब्ध

BreaknLinks
BreaknLinks

काठमाडौं क्षेत्र नं. १ बाट राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)का वरिष्ठ उपाध्यक्ष रवीन्द्र मिश्र नेपाली कांग्रेसका प्रकाशमान सिंहसँग १ सय २९ मतान्तरले पराजित भए।

उनी लगातार दुई पटक प्रकाशमान सिंहसँग पराजित भएका छन्। मिश्र यसअघि पनि २०७४ सालको संघीय निर्वाचनमा काठमाडौं क्षेत्र नम्बर १ बाटै काँग्रेसका प्रकाशमान सिंहसँग जम्मा ८ सय १८ मतान्तरले पराजित भएका थिए। त्यसबेला उनी विवेकशील साझा पार्टीबाट चुनाव लडेका थिए।

काे हुन् रवीन्द्र मिश्र ?

नेपाली राजनीतिमा छोटो समयमा चर्चामा आएका मिश्र नयाँ वैकल्पिक राजनीतिक दल खोल्ने र सुसंस्कृत राजनीतिको जग बसाल्ने भन्दै पत्रकारिता छाडेर २०७३ बाट नेपाली राजनीतिमा होमिएका थिए।

उनले लण्डन विश्वविद्यालयबाट अन्तर्राष्ट्रिय राजनीतिमा स्नातकोत्तर गरेका छन् भने राजनीतिमा लाग्नुभन्दा अगाडि उनी पत्रकारिता गर्दथे।

सुरुमा साझा पार्टी खोलेर राजनीतिमा लागेका उनको उनको राजनीतिक यात्रामा निकै उतारचढावहरु आए। उनको राजनीतिक यात्रा सधैं अस्थिर रह्यो। उज्वल थापाको विवेकशील दलसँग एकता गरेको उनको पार्टी  त्यसयता फुट्ने र जुट्ने श्रृङ्खला चलिरह्यो।

हाल उनी विवेकशील साझा छाडेर राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा)को वरिष्ठ उपाध्यक्ष बनेका छन्।

मिश्र गणतन्त्र, संघीयता र धर्म निरपेक्षताको कट्टर आलोचक समेत हुन्।

प्रकाशित मिति: : 2022-11-22 15:00:00

प्रतिकृया दिनुहोस्