ललितपुर–१ मा नेपाली कांग्रेसका उम्मेदवार उदय शमशेर राणाले अग्रता लिएका छन्।
नेकपा (एमाले)का उम्मेदवार नवराज सिलवाललाई झिनो मतअन्तरले उछिन्दै उनी अगाडि गएका हुन्।
राणाले ८ हजार ५९७ मत प्राप्त गर्दा एमालेका सिलवालले ८ हजार ४३१ मत प्राप्त गरेका छन्। उनीहरूबीच १६६ मतको फरक परेको छ।