रुकुम पूर्वमा प्रतिनिधिसभा सदस्य पदको मतगणना भइरहेको छ। अहिलेसम्मको मतगणनामा माओवादी केन्द्रका उम्मेदवार पूर्ण घर्तीले सुरुवाती अग्रता लिएका छन्।
एक हजार पाँच सय ८२ मत गणना गर्दा माओवादी केन्द्रका घर्तीले ९२० मत ल्याएका छन्। उनका प्रतिस्पर्धी नेकपा एमालेका कैलाश कुमार मल्लले ४३२ मत ल्याएका छन्। घर्ती ४८८ मत अन्तरले अगाडि रहेका छ्न्।
स्वतन्त्र उम्मेदवार चन्द्रराज झाक्रीले ५९ र राष्ट्रिय प्रजातन्त्र पार्टी राप्रपाका खिमबहादुर खत्रीले ६ मत ल्याएका छन्।