एमालेका पाँच पदाधिकारी प्रारम्भिक मतगणनामा पछाडि

देशभर प्रारम्भिक चुनावी मतपरिणाम सार्वजनिक भइरहँदा एमालेका चार पदाधिकारी पछाडि देखिएका छन्। 

वरिष्ठ उपाध्यक्ष ईश्वर पोखरेल, उपाध्यक्ष सुवास नेम्वाङ,सुरेन्द्र पाण्डे  र विष्णु पौडेल र महासचिव शंकर पोखरेल पछाडि परेका छन्।

काठमाडौं ५ बाट एमालेका पोखरेल कांग्रेसका प्रदीप पौडेलभन्दा झिनो मतान्तरले पछाडि परेका छन्। उपाध्यक्ष नेम्वाङ कांग्रेसकै डम्बर खड्कासँग इलाम २ मा पछि छन्। यसैगरी उपाध्यक्ष पाण्डे चितवन १ मा कांग्रेसका विश्व पौडेलभन्दा पछाडि परेका छन्। 

एमाले महासचिव पोखरेल दाङ २ मा मा ओवादी केन्द्रकी रेखा शर्मा पछाडि परेका छन्। 

उपाध्यक्ष पौडेल रुपन्देही २ मा राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवारभन्दा केही मतले पछि छन्। त्यहाँ भर्खर मतगणना सुरु भएको हो।

झापा ५ बाट उम्मेदवार बनेका एमाले अध्यक्ष केपी ओलीको मतपरिणाम सार्वजनिक भइसकेको छैन। सचिवहरू गोकर्ण विष्ट, योगेश भट्टराई, पद्मा अर्यालको क्षेत्रमा मतगणना सुरु भएको छैन।

प्रकाशित मिति: : 2022-11-21 17:15:00

प्रतिकृया दिनुहोस्