काठमाडौं–५ मा नेपाली कांग्रेसका प्रदीप पौडेलले अग्रता कायमै राखेका छन्।
उनले एमालेका उम्मेदवार ईश्वर पोखरेललाई २५३८ मतान्तरले पछि पार्दै अग्रता कायम राखेका हुन्।
मंगलबार दिउँसोसम्म २४ हजार ९०० मत गणना हुँदा पौडेलले ८ हजार २२० मत पाएका छन् भने एमालेका वरिष्ठ उपाध्यक्ष पोखरेलले ५ हजार ६८२ मत पाएका छन्।
त्यस्तै राष्ट्रिय स्वतन्त्र पार्टीका उम्मेदवार प्रणयशमशेर राणाले दुई हजार ९४५ र राप्रपाका रामप्रसाद उप्रेतीले एक हजार ७६० मत पाएका छन्। स्वतन्त्र उम्मेदवारी दिएकी रञ्जु दर्शनाले २७१ मत ल्याएकी छन् ।