मोरङका चार क्षेत्रको मतगणना सुरु

विराटनगरको आदर्श माविमा मोरङका तीन क्षेत्रको मतगणना सुरु भएको छ। सोमबार दिउँसो १ बजेपछि क्षेत्र नम्बर ३, ४, ५ र ६ को मतगणना सुरु भएको हो।

प्रतिनिधिसभातर्फ मोरङ क्षेत्र नम्बर ६ को सुन्दरहरैँचा वडा नम्बर ६ को ज्योती मावि मतदान केन्द्रबाट मतगणना सुरु भएको छ। मोरङ ६ मा नेपाली कांग्रेसका डा. शेखर कोइराला र नेकपा एमालेका लालबाबु पण्डित प्रतिस्पर्धी छन्।

मोरङ ४ को कटहरी वडा नम्बर ४ बाट गणना सुरु गरिएको छ। क्षेत्र नम्बर ३ को मतगणना बेलारीको भगवती मावि मतदान केन्द्रबाट सुरु भएको छ।

प्रकाशित मिति: : 2022-11-21 13:59:00

प्रतिकृया दिनुहोस्