काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु

काठमाडौँ क्षेत्र नं ६ को मतगणना शुरु भएको छ। सो क्षेत्रको मतगणना स्थल धर्मस्थलीमा आज बिहान १० बजेदेखि मतगणना शुरु भएको निर्वाचन अधिकृत सम्झना खनालले जानकारी दिए।

प्रतिनिधिसभा तथा प्रदेशसभाको निर्वाचन आइतबार सम्पन्न भएको हो। सो क्षेत्रमा नेकपा (एमाले) का सर्वेन्द्र खनाल, नेपाली कांग्रेसका भीमसेनदास प्रधान र राष्ट्रिय स्वतन्त्र पार्टीका शिशिर खनाललगायतका उम्मेदवार प्रतिस्पर्धामा रहेका छन्।

प्रकाशित मिति: : 2022-11-21 11:26:00

प्रतिकृया दिनुहोस्