ललितपुर–३ मा मतगणना सुरु, कसले मार्ला बाजी ?

ललितपुर–३ को मतगणना सुरु भएको छ।

निर्वाचन अधिकृतको कार्यालय रहेको जावलाखेलस्थित स्थानीय विकास प्रशिक्षण प्रतिष्ठानमा मतगणना थालनी गरिएको हो।

ललितपुर महानगरपालिका वडा नं २०, २१ र २२ को प्रतिनिधिसभाको प्रत्यक्षतर्फको मतगणना सुरु गरिएको निर्वाचन अधिकृत धर्मराज पौडेलले जानकारी दिएका छन्।

मतगणनालाई तीव्र बनाउन चार स्थानमा गणना गर्ने तयारी गरिएको छ। अहिले एक ठाउँबाट मात्र गणना शुरु गरिएको छ।

ललितपुर–३ मा गठबन्धनबाट नेकपा (माओवादी केन्द्र) का पम्फा भुसाल, नेकपा (एमाले)का अमृत खड्का, राष्ट्रिय स्वतन्त्र पार्टीको डा. तोसिमा कार्कीलगायत प्रतिस्पर्धामा छन्।



ललितपुर–३ः पम्फा भुसालभन्दा तोसिमा कार्कीलाई धेरै मत

प्रकाशित मिति: : 2022-11-21 05:43:00

प्रतिकृया दिनुहोस्