प्रतिनिधि सभा र प्रदेश सभा सदस्य निर्वाचनमा प्युठानमा ५५ प्रतिशत मत खसेको छ। यहाँका २ सय २३ वटै मतदान केन्द्रमा शान्तिपूर्णरुपमा मतदान सम्पन्न भएको छ।
एक प्रतिनिधि सभा र दुई प्रदेश सभा निर्वाचन क्षेत्र रहेको प्युठानमा ५५.११ प्रतिशत मत खसेको प्युठानका प्रमुख जिल्ला अधिकारी सुनिता नेपालले जानकारी दिइन। यहाँ कुल १ लाख ५९ हजार ७६० मतदाता रहेकोमा ३७ हजार ९ सय ६१ पुरुष र ५० हजार ८६ महिला गरी जम्मा ८८ हजार ४७ जनाले मतदान गरेको प्रजिअ नेपालले बताइन।
नेपालकाअनुसार मतदान केन्द्रहरूबाट मत पेटिका संकलन गरेर मतगणनास्थलमा ल्याउने क्रम सुरु भएको छ। रातिसम्म सबै मतदान केन्द्रबाट मतपेटीका आइपुग्ने बताउँदै सोमबार बिहान (भोलि)बाट मतगणना सुरु गर्ने तयारी गरिएको नेपालले जानकारी गराइन।
मतगणना जिल्ला समनव्य समितिको कार्यालय खलङ्गामा मतगणना हुनेछ।