नवलपुरको देवचुली नगरपालिका ४ मा मतपेटिकामा एसिड प्रहार गर्ने एक जनालाई प्रहरीले पक्राउ गरेको छ।
प्रतिनिधिसभा र प्रदेशसभा निर्वाचनका लागि झाक्रेस्थित शान्ति सिर्जना आधारभूत विद्यालय बुथमा प्रदेश समानुपातिकतर्फको मतपेटिकामा एसिड हालेर आगो लगाएको आरोपमा प्रहरीले एक जनालाई पक्राउ गरेको हो।
पक्राउ पर्नेमा स्थानीय नारायण भण्डारी रहेका छन्। उनले आज दिउँसो ४:१२ बजे मतपेटिकामा एसिड प्रहार गरेका थिए।