छुटेको भए गएर मतदान प्रक्रियामा सहभागी भइदिनुस् : गगन थापा

File Photo
File Photo

कांग्रेस महामन्त्री गगनकुमार थापाले मतदान प्रक्रियामा सहभागी हुन सबैमा अपिल गरेका छन्। मतदान प्रक्रिया सकिनै लाग्दा उनले बाँकी रहेको समयमै मतदान केन्द्रमा गएर मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन्।

काठमाडौं क्षेत्र नम्बर ४ का प्रतिनिधिसभा सदस्य उम्मेदवारसमेत रहेका उनले एक मतले अबको पाँच वर्ष निर्धारण गर्ने भन्दै मतदान प्रक्रियामा सहभागी हुन आग्रह गरेका हुन्।

आफूलाई भावी प्रधानमन्त्रीको रुपमा प्रस्तुत गरेका उनले भनेका छन्, ‘प्रतिनिधिसभा र प्रदेश सभा निर्वाचनमा मतदान गर्न अब केही समय मात्र बाँकी छ। तपाईँको मतले अबको हाम्रो पाँच वर्ष निर्धारण गर्नेछ।’

आइतबार बिहान ७ बजेबाट सुरु भएको मतदान प्रक्रिया साँझ ७ बजेसम्म चल्नेछ। सोही समयलाई मध्यनजर गर्दै उनले मतदान गर्न छुटेको भए बाँकी समयमै गएर मतदान गर्न आग्रह गरेका हुन्।

‘यदि मतदान गर्नुभएको छैन भने अब बाँकी समयमा गएर मतदान गरिदिनु हुन सम्पूर्ण मतदाताहरूमा विनम्र अनुरोध,’ सामाजिक सञ्जाल फेसबुकमा थापाले लेखेका छन्।

प्रकाशित मिति: : 2022-11-20 17:06:00

प्रतिकृया दिनुहोस्